Incident Reports

आचार्य हत्या आशंकामा तीन पक्राउ

2019-03-02

Karnali, Surkhet, Birendranagar, Ward 6

वीरेन्द्रनगरका चिया नास्ता व्यवसायी चन्द्रप्रसाद आचार्यको हत्या आशंकामा ३ जना पक्राउ परेका छन् । गत फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर-६, बइपथमा मृत अवस्थामा भेटिएका आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एकै परिवारका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मंगलबार पत्रकार सम्मेलन मार्फत वीरेन्द्रनगर-६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएको नन्दकला बिष्ट, उनका श्रीमान कृष्ण बिष्ट र छोरी बिन्दु बिष्टलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा आचार्य हत्यामा विष्ट परिवारको संलग्नता रहेको आशंका गरेको हो।कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी महेशविक्रम शाहले बुद्धपथ र होटल अतिथिको भइँतलामा जोडिएको सिसिटिभि फुटेजको आधारमा अनुसन्धान शुरु गरिएको जनाए ।

उनले मृत्तक आचार्य सोही दिन नन्दकला विष्टले सञ्चालन गरेको पसल वरपर धेरै पटक आवात-जावत गरेको, टहरोको आँखी भ्याल जस्तो भागबाट पटक-पटक चियाएर भित्र-बाहिर गरेको सिसिटिभि फुटेजबाट देखिएको बताए । राती ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सिसिटिभिमा स्पष्ट देखिन्छ', उनले भने, 'पसल भित्र गएको ९ मिनेटपछि पसलको पश्चिमतर्फ करिब १२ मिटरको दूरीमा आचार्य पल्टिएको  अबस्थामा देखिएका छन् ।' उनले प्रारम्भिक अनुसन्धानबाट हत्यामा विष्ट परिवारकै आशंका देखिएकाले विस्तृत अनुसन्धान जारी रहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Surkhet

0 Comments

Related Reports