Incident Reports

परिवारलाई नियन्त्रणमा लिई घाइते बनाएर लुटपाट, तीनजना पक्राउ थिए

2019-02-13

Madhes, Dhanusha, Janakpur, Ward 13

जनकपुरमा मंगलबार राति लुटेराहरुले तीन जनालाई घाइते बनाई लाखौको लुटपाट गरेका छन् । जनकपुर उपमहानगरपालिका १३ पौडारी वस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुट पाट गरेको प्रहरीले जनाएको छ। राति झण्डै १ बजे ९-१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरु माथिआक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ लाखभन्दा बढीको लुटपाट गरेको पीडित राउतले बताए। | लुटेराको हतियार प्रहारबाट शोभित राउत, उनकी श्रीमती निर्मलादेवी र घरमा डेरा गरी बस्ने रमिता साह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । लुटेराहरुले धारिलो हतियारले उनीहरको टाउकोमा प्रहार गरेका थिए । घाइतेहरुको उपचार जनकपुरको रामजानकी हस्पिटल प्रालिमा भइरहेको छ।

घटनापछि प्रहरीले तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। घटनास्थल जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालयभन्दा डेढ सम किलो मिटर पश्चिम दूरीमा रहेको छ । समयमा प्रहरी नआएको स्थानीयहरुले गुनासो गरेका छन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
Female Injured 2
Local Newspaper - Siraha

0 Comments