Incident Reports

हत्या प्रयास गरेको आरोपमा देवरानी गिरफ्तार

2019-06-29

Madhes, Siraha, Siraha, Ward 9

सिरहा नपा–९ की २४ वर्षीया सञ्जुदेवी यादवलाई हत्या प्रयास गरेको आरोपमा उनकी देवरानी २० वर्षीया रुबीदेवी यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असार १५ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका कारण आरोपित रुबिले असार १४ गते पीडितले खाने हर्लिक्समा विष हालेर हत्या प्रयास गरेको आरोपमा पीडितले असार १५ गते उजुरी हालेको बताइन् । आफूले हर्लिक्स खान लाग्दा अर्कै गन्ध आए पछि नखाएर बाँचेको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports