Incident Reports

फेसबुकमा केटीको विषयमा लफडा हुँदा साथीमाथि खुकुरी प्रहार

2019-07-02

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा– पोखराको बगरस्थित नयाँ गल्लिमा केटीको विषयमा लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो ।फेसबुकमा कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की पछि अवस्था खुकुरी प्रहारसम्म पुगेको प्रहरीले खुलाएको छ । दिउँसो करिब १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । खुकुरी प्रहार पछि विपिनको समुहको एकजनाको औंला काटीएको र विजयको टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने समूह किशोरावस्थाका रहेको प्रहरीले बताएको छ । घटनापछि दुवै समुहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports