Incident Reports

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप

2019-06-22

Madhes, Saptari, Dakneshwori, Ward 9

डाकनेश्वरी नपा-९ पत्थरगाढाकी ५३ वर्षीया जसोधियादेवी यादवलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा उनकै भतिजा सोही ठाउँका ३५ वर्षीय कमलदेव यादव र निजकी पत्नी २५ वर्षीया सीतादेवी यादवमाथि प्रहरीले कारवाही नगरेको भन्दै पीडितले राजविराजमा असार १६ गते पत्रकार सम्मेलन गरेकी छिन् ।

आरोपित कमलदेव ट्राफिक प्रहरी कार्यालय काठमाडौँमा कार्यरत असई भएकै कारण प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको भन्दै पीडितले डाकनेश्वरी नपा-९ पत्थरगाढा स्थित प्रहरी सुरक्षा बेस क्याम्पमा तत्कालै र राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दिएपनि नलिएको पीडितले बताइन् ।

पटक-पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने आरोपितहरूले पछिल्लो पटक असार ५ गते घर पछाडि खेतमा काम गरिरहेका बेला र असार ७ गते वरण्डामा घाँस काटिरहेका बेला कुटपिट र अमानवीय व्यवहार गरेको बताइन् ।

आमालाई जोगाउन गएकी उनकी छोरी सरस्वतीदेवी यादवलाई पनि निर्घात कुटपिट गरिएकोले गम्भीर घाइते भई स्थानीय अस्पतालदेखि विराटनगरसम्म उपचार गराउनु परेको उनले बताइन् ।

आरोपितहरूको सात वर्षीया छोरी छिन् । बोक्सी लगाई दिएकोले पाँच वर्षदेखि गर्भवती नभएको र गर्भ रहे पनि अरूको कोखमा सारी दिने गरेको आरोप लगाउँदै आरोपितहरूले कुटपिट गर्ने गरेको पीडितले बताइन् ।

छोरा नभएको दोष र छोरी बिरामी पारेको दोष लगाउँदै आरोपितहरूले असार ७ गते जगल्टा समाती आँगनमा लडाई लात, मुक्काले हानेको र दिशा पिसाब खुवाउन खोज्दा छोरीले रोकेपछि उनलाई समेत निर्घात कुटपिट गरिएको पीडितले बताइन् ।

कुटपीट मुद्दाको निवेदन लिएर आउन भनेकोमा बोक्सीको आरोपमा कुटपीट गरेको भनी उजुरी परेकोले अनुसन्धान भइरहेको एसपी मनोजकुमार यादवले बताए ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
Youth Injured 1
INSEC , Local Newspaper - Saptari

0 Comments