Incident Reports

गोली चलाएर रुपन्देहीमा साढे ४ लाख लुटियो

2019-07-02

Lumbini, Rupandehi, Gaidahawa, Ward 4

भैरहवा :रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलाएर साढे ४ लाख रुपैयाँ लुटिएको छ। गैडहवा गाउँपालिका-४ की रेशम कुमारी मल्लले कृषि विकास बैंकको लुम्बिनी शाखाबाट रकम निकालेर अटो रिक्सामा जादै गर्दा ४ लाख ६३ हजार रुपैयाँ लुटिएको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनका मोटरसाइकलमा आएको अपरिचित दुई जना व्यक्तिले अटोरिक्साको टायरमा गोली हानेर रकम मल्लको साथमा रहेका रकम लुटेको बताए। उनका अनुसार गोली प्रहार गर्ने व्यक्ति पहिचान खुलेको छैन। उनीहरु फरार भएकाले खोजीकार्य सुरु भएको छ।

लुटिएको रकम मध्ये गैडहवा गाउँपालिकाको पोखरी सरसफाई कार्यक्रमको २ लाख ४१ हजार रुपैयाँ र २ लाख २२ हजार रुपैयाँ आफ्नै रहेको मल्लले प्रहरीलाई बताएका छन्। गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले पनि गोली चलेको पुष्टि गरे। उनका अनुसार घटनामा स्थलमा गोलीको एउटा खोका भेटिएको छ।

उनले गाउँपालिका-४ मा उपभोक्ता समिती मार्फत पोखरी सरसफाईको कार्यक्रम सम्पन्न भए बापत भुक्तानीका लागि दिइएको चेक रकम बैंकबाट सटही गरेर फर्किने क्रममा लुटिएको जानकारी दिए। घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Small arms
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports