Incident Reports

स्कुल बसका चालकद्वारा विद्यार्थी कुटिए

2019-05-22

Province 1, Morang, Biratnagar

विराटनगर स्थित बाल कल्यान विद्या मंन्दिर बीकेभीएम स्कूलको बसका चालकले एक विद्यार्थीलाई बिना कारण निर्घात कुटपिट गरेका छन् । सो विद्यालयको कक्षा-७ मा अध्ययनरत विद्यार्थी आरएन झालाई विहीवार स्कुलबाट वसमा घर फर्किरहेको बेला चालकले बसभित्रै भाटाले निर्घात कुटपिट गरेका हुन् ।चालकको कुटाइबाट विद्यार्थी झाको पाखुरामा चोट लाग्नुका साथै सुन्निएको छ । उनलाई अभिभावकले स्थानीय मेडिकलमा उपचारपछि घर लगेको बताइएको छ। 

स्कुल बसका चालकले बिना कारण विद्यार्थीलाई निर्घात कुट्नु गलत भएको भन्दै उनले कारबाहीको माग गरेका छन् । विद्यार्थी कुटिएको विषयमा स्कूलका कर्मचारी दीपक निरौलाले बसका चालकले विद्यार्थीलाई कुट्नु नराम्रो काम भएको बताए । शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको उनले बताए । विधार्थी झाका बुवा अमर कुमार झाले बिहीबार स्कुलमै पुगेर कुटपिट गर्ने बसका चालक ऋतबहादुर मगरलाई कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Morang

0 Comments