Incident Reports

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि कुटपिट l

2013-10-19

Madhes, Rautahat, Brindaban

Bipeen Gautam रौतहट । ०७० कात्तिक २ गते, गम्हरीया विर्ता गाविस-७ का एमालेका स्थानीय कार्यकर्ताहरूमाथि नेपाली काङ्ग्रेसका ६ नं क्षेत्रीय सभापति सहितका कार्यकर्ताहरूले कात्तिक २ गते दिउँसो कुटपिट गर्दा एमालेका सात जना कार्यकर्ता घाइते भएका छन् । काङ्ग्रेस कार्यकर्ताहरूको आक्रमणबाट एमाले कार्यकर्ताहरू गम्हरीया विर्ता गाविस-७ का ५० वर्षीय सियाराम राय यादव, ७० वर्षीय किसुन महतो, ३३ वर्षीय रामकिसोर महतो, ३५ वर्षीय वीरेन्द्र यादव, ५५ वर्षीय रमन महतो, २१ वर्षीय सलामुद्धिन दर्जी, ५५ वर्षीय भदई पासवान घाइते भएका छन् । घाइते मध्येका सियाराम राय यादवको टाउकोमा चारओटा र किसुन महतोको टाउकोमा दुईओटा टाँका लगाइएको छ । अन्य घाइतेहरूको टाउको तथा ढाडमा चोटपटक लागेकोछ । एमाले कार्यकर्ताहरूको प्रतिकारमा नेपाली काङ्ग्रेसका कार्यकर्ता २५ वर्षीय मुक्तिप्रसाद यादव समेत घाइते भएका छन । गम्हरीया विर्ता गाविस-७ स्थित बहुअरी टोलमा २ गते बिहान एमाले क्षेत्र नं ६ का उमेदवार रामकुमार भट्टराईले घरदैलो कार्यक्रम गरी एमालेका कार्यकर्ताहरू फर्किएपछि काङ्ग्रेस ६ नं क्षेत्रीय सभापति रामाज्ञा राय यादवको नेतृत्वमा आएका करिव ३० जना काङ्ग्रेस कार्यकर्ताहरूले हाम्रो गाउँमा एमालेको कार्यक्रममा हिड्ने भन्दै एमाले कार्यकर्ताहरू माथि लाठी प्रहार गरी घाइते बनाएको घाइते सियाराम राय यादवले बताए । घाइतेहरूको चन्द्रनिगाहपुर स्थित जनता अस्पतालमा उपचार भईरहेको छ । घटनापछि सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुर, दुधियाभारका सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी घटनास्थलमा पुगि स्थिति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी इन्सपेक्टर कृष्णसुन्दर बिष्टले बताए । घटनापछि प्रहरीले काङ्ग्रेस क्षेत्रीय सभापति रामाज्ञा यादव, काङ्ग्रेस कार्यकर्ता विवेक राय यादव, एमाले कार्यकर्ताहरू उमेश राय यादव, चन्द्रिका राय यादव र भुईल राय यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गरुडामा राखी अनुसन्धान भईरहेको समेत बिष्टले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis