Incident Reports

एसएलआर र एलएमजीसहित विप्लव कार्यकर्ता पक्राउ

2019-07-04

काठमाडौं- प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको  हो।

प्रहरीले दुई वटा मोबाईल समेत वरामद गरेको छ। प्रहरीले त्यहाँबाट विप्लव समूहका जिल्लास्तरीय नेता निमदोर्जे तामाङलाई समेत पक्राउ गरेको छ।

सोमबार सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच सिलिचोङमा गोली हानाहान भएको थियो। गोली हानाहानमा कुनै क्षति भने भएको थिएन। त्यसपछि प्रहरीले सर्चलाई तिब्रा पारेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Police website , Local Newspaper - Sunsari

0 Comments