Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-03

Bagmati, Dolakha, Jiri, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका–५ का ४० वर्षीय सुर्यबहादुर जिरेललाई असार १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार १८ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकालाई पढाउनका लागि भन्दै ०७३ फागुनदेखि आरोपितकै घरमा पीडित बालिकाका बुबाआमाले राखिदिएका थिए ।

पीडित बालिकालाई आरोपितले फकाएर र धम्क्याएर पटकपटक बलात्कार गर्दै आएकोमा पछिल्लो पटक जेठ २० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

बाल हेल्पलाइन १०९८ मा फोन गर्दा आरोपितलाई कारवाहीको दायरामा ल्याउन सकिने जानकारी पाएपछि पीडित पक्षले ०७६ असार १८ गते उजुरी गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments