Incident Reports

पर्चा च्यातेको विषयमा झडप हुँदा १७ जना घाइते l

2013-10-17

Madhes, Sarlahi, Godaita

५ का उमेदवार रामेश्वर रायका कार्यकर्ताले पर्चा च्यातेकाले विवाद भएको सोही क्षेत्रका तमलोपाका उम्मेदवार जंगीलाल रायले बताए । मुस्लिम समुदायको वस्ती भित्र गोडैता गाविस-७ का मैतुन मंसुर र मुस्तफा दर्जीका १०/१२ वर्षका छोराहरू बीच भएको झगडाले दुवै परिवारका महिला सदस्य हुँदै राजनीतिक रुप लिएको थियो । क्षेत्र नम्वर ५ का तमलोपाका उम्मेदवार जंगीलाल राय र सद्भावनाका उम्मेदवार प्रमोद साह पक्षका कार्यकर्ता एक तर्फ र लोकतान्त्रिकका उम्मेदवार रामेश्वर रायका कार्यकर्ता अर्कोतर्फ रहेर पोष्टर च्यातिएको विषयमा विवाद भएको स्थानीयले बताए । झडपमा भाला, तरवार र फर्सा जस्ता धारिला घरेलु हतियारका प्रयोग भएको थियो । घाइतेहरू खतरामुक्त रहेको प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते साँझ भएको छलफलमा थप विवाद कसैले नगर्ने सहमति भएको निरीक्षक ओलीले बताए । विदुरकुमार प्याकुरेल

0 Comments