Incident Reports

फोरम लोकतान्त्रिकका उम्मेदवारमाथि काङ्ग्रेस कार्यकर्ताद्वारा आक्रमण l

2013-10-16

Durga Pariyar सिरहा । ०७० असोज ३१ गते, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा सिरहा क्षेत्र नम्बर ४ का उम्मेदवार शत्रुधनप्रसादसिहंमाथि असोज ३० गते राती ८ बजे नेपाली काङ्ग्रेसका कार्यकताहरूले आक्रमण गरेका छन् । आसोपुर वलकवा गाविस निवासी सिरहाको निर्वाचन क्षेत्र नम्बर ५ का लोकतान्त्रिकका उमेदवार जावेद (पप्पु)को घरमा इद पर्वको अवसरमा भोज खान गएको बेला नेपाली काङ्ग्रेसका कार्यकताहरूले आफुहरू माथि आक्रमण गरेको सिंहले असोज ३१ गते पत्रकार सम्मेलन गरी बताएका छन् । उनले आक्रमणमा परी केही कार्यकताहरू घाइते भएका र तीन ओटा गाडीमा तोडफोड भएको बताए । बीआर ७ पी ३९५६, बीआर ०७ पी ७४८४ र बा८च १७९२ नम्बको गाडीमा तोडफोड भएको र आफ्नो गाडीमा रहेको नगद र महत्वपुर्ण कागजात समेत लुटेर लगेको सिंहले बताए । उमेदवार सिंहका अनुसार काङ्ग्रेस क्षेत्र नमबर ५ का सभापति चन्द्रदेव यादव आफ्नो पार्टी प्रवेश गरेको कारणले काङ्ग्रेसको हार हुने भन्दै आक्रमण गरेका हुन सक्ने बताए । सिरहाका एसपीसँग सुरक्षा माग गर्दा एसपीले सुरक्षा दिन नसक्ने बताएको सिहंले बताए । मिर्चैया, गोलबजार, बिष्णपुराबाट प्रहरी टोली आएर लाठी चार्जगरी भिडलाई तितरवितर गरी आफुहरूलाई सुरक्षित घरसम्म प्रहरीले पुर्‍याएको बताए । आक्रमणकारीहरूलाई गिरफ्तार नगरेको भन्दै फोरम लोकतान्त्रीकका कार्यकर्ताहरूले केही घण्टा सडक अवरुद्ध गरेका थिए । ४८ घण्टा भित्र आरोपीहरूलाई प्रहरी गिरफतार गर्ने शर्तमा सडक सुचारु गराएको सिहंले बताए । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ४ का उमेदबार रामचन्द्र यादवले आफ्ना कार्यकर्तालाई फोरमका कार्यकर्ताले पहिला ढुङ्गा प्रहार गरेपछि कार्यकर्ताहरूले प्रतिकार गरेको बताए । उनले आक्रमणबाट इकाई कमिटी सभापति रामबृक्ष साह घाइते भएको बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले घटना बारे जानकारी पाए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरेको बताए । दुर्गा परियार

0 Comments

Related Reports