Incident Reports

वडाध्यक्षको स्काभेटर तोडफोड

2019-05-05

Province 1, Dhankuta, Pakhribas, Ward 4

धनकुटाको पाख्रीवास नगरपालिका ४ का वडाध्यक्ष सोभित निरौलाको स्काभेटर तोडफोड गरिएको छ।पाखीवास २ को मालवासे घोर्लिखर्क जोड्ने सडक खन्ने क्रममा मालवासे पुरयाईएको टु ट्वान्टी एलसीको ज्याक्सिस टाटा हिटाक्चि स्काभेटर शनिबार राति तोडफोड भएको हो  निरौलाका अनुसार तोडफोडवाट स्काभेटरको एकपट्टीको सिसा फुटेको छ भने दुवैतिरको पाईडल ह्याण्डिल भाँचिएको छ ।

घटनामा संलग्न भएको आशंकामा ईलाका प्रहरी कार्यालय पाखीवासको तिन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तेह्रथुम जिल्ला छथर जोरपार्टी गाउँपालिका ६ का ३४ वर्षका छत्रगोपाल ढकाल, आमचोक गाउँपालिका ६ भोजपुर का २० वर्षका विजर कुँवर र सोही स्थानका वर्ष १८ का संगम राई रहेको प्रहरीले जनाएको छ। लकडीको काम गर्दै बसेका उनीहरू आफूले नशाको सुरमा स्काभेटर तोडफोड गरेको स्वीकारेको प्रहरीले जनाएको छ।उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याउन भनिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । घटनाको बारेमा विहान साढे ५ बजेतिर  काम गर्नका लागि स्काभेटरका अपरेटर जाँदा मात्र थाहा भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Local Newspaper - Morang

0 Comments

Related Reports