Incident Reports

प्रतियोगितामा रेफ्रीको कुटाकुट

2019-05-24

Province 1, Morang, Biratnagar

विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्समा दुई रेफ्री बीच कुटाकुट भएको छ । चिल्ड्रेन गमेमा समावेश गरिएको तेकन्दो प्रतियोगिता सञ्चालन गर्ने विषयमा विवाद हुँदा दुई समहबीच कुटाकुट भएको हो । शुक्रबार भएर प्रतियोगितामा रेफ्री राखने विषयमा राष्ट्रिय तेकन्दो संघ र नेपाल तेकन्दो संघका सदस्थवीच कुटाकुट भएको हो । कुटाकटपछि राष्ट्रिय तेकन्दो संघले खेल छाडेर हिडेको छ। नेपालमा राष्ट्रिय र नेपाल तेकन्दो नाम गरेका दुईवटा उस्तै संघ हुन् । प्रदेश नव विकास लागतको आयोजनामा भएको प्रतियोगितामा नेपाल तेकन्दो संघले रेफ्री राख्ने बिषयमा एकलौटी गरेपछि राष्ट्रिय तेकन्दो संघले विरोध गरेको थियो । विरोध के क्रममा कुटाकुट भएको हो । राष्ट्रिय तेकन्दो संघका मोरंग संयोजक पिताम्बर पौडेल संघले आफ्ना रेफ्रीहरूमाथि हातपात गरेको बताउँछन् । प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा नेपालबाट सात र राष्ट्रियबाट तीनजना रेफ्री राख्ने सहमति भएको थियो ।  

राष्ट्रियका रेफ्रीलाई गेम खेलाउन दिने सहमति भएपनि प्रतियोगितामा घण्टी बजाउने काम दिएपछि विरोध भएको पौडेलले बताए। सोही क्रममा संघ सम्बद्ध सदस्याले हातपात गरेको उनको गुनासो छ। प्रदेश खेलकुद विकास समितिले नारायण बुडाथोकीलाई प्रतियोगिता गराउने जिम्मेवारी दिएको थियो । बुढाथोकीले मनोमानी गरेको भन्दै बहिस्कार गरेको समूहको दाबी छ । तर बुडाथोकी भने आफूले नियम अनुसार खेल खेलाएको बताउँछन् । यता प्रदेश खेलकुद विकास समिति अध्यक्ष रविन नगरकोटी प्रतियोगितामा रेफ्रीराको विषयमा सामान्य विवाद भएको बताउँछन् । तर कुटाकुट नभएको उनको भनाइ छ । १४ वर्ष मुनिको खेलकुद शुक्रबार नै सकिएको उनको भनाई छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Morang

0 Comments

Related Reports