Incident Reports

निर्वाचन विरोधी एक सय सात लिम्वूवान कार्यकर्ता गिरफ्तार l

2013-10-24

Arjun Basnet झापा । ०७० कात्तिक ७ गते, संविधानसभा निर्वाचनको विरोध गर्दै मार्चमासमा उत्रिएको संघिय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताहरुलाई निर्वाचन विरोधी कार्य गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय सात जना कार्यकर्ताहरुलाई कात्तिक ७ गते प्रहरीले गिरफ्तार गरेको छ । लिम्बूवानका जिल्ला अध्यक्ष धनबहादुर पंधाकका अनुसार यसरी गिरफ्तार गरिएका कार्यकर्ताहरुमा पृथ्वीनगर गाविसबाट जिल्ला सदस्य राजेन्द्र लिम्बू, मनिस मादेन, काकरभिट्टाबाट विशाल लिम्बू, विवेक लिम्बू, याक्थुम सुब्बा, प्रकाश गुरुङ्ग, शान्तिनगरबाट दिनेश लिम्बू, ज्ञानु राई, हिमाल प्रधान, रणबहादुर फुम्वो लगायत रहेकाछन् । गिरफ्तार गरिएकाहरु मध्ये करिब ३० जनालाई रिहा गर्न बाँकी रहेको र अरुलाई रिहा गरिसकेको अध्यक्ष पंधाकले बताए । झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतका अनुसार निर्वाचनको वहिस्कार गर्ने १ सय ७ जना बलिम्वूवान कार्यकर्ताहरुलाई आज दिन भरिमा जिल्लाका वुधवारे, शान्तिनगर, काँकरभिट्टा, पृथ्वीनगर, दमाक लगायतका इलाकाबाट गिरफ्तार गरे तापनि १८ जना बाहेक अरु सबैलाई रिहा गरिसकिएको बताएका छन् । उनले १८ जनालाई पनि आवश्यक छानबिन भईरहेको वताएकाछन् । उता लिम्बूवान अध्यक्ष पंधाकले यदि प्रशासनले प्रहरीद्वारा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ताहरुलाई रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएकाछन् । लिम्बूवान राज्यको ग्यारेन्टी, मन्त्री परिषद्का अध्यक्षको प्रधान न्यायधीश पदबाट राजिनामा लगायतका माग राख्दै संविधान सभा निर्वाचनको विरोध गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएको छ । लिम्वूवानले आज आफ्नो घोषित कार्यक्रम अर्न्तर्गत मोरङ्ग जिल्लाको उर्लावारीबाट झापाको दमकसम्म आफ्ना भोलेन्टियर्ससहितको मार्चपास कार्यक्रमको आयोजना गरेको थियो । प्रहरीको कडा सुरक्षाको कारण उक्त मार्चपास हुन भने सकेन । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis