Incident Reports

पत्नीलाई कुटपिट गरी पति फरार

2019-07-03

Karnali, Dolpa, Tripurasundari, Ward 2

त्रिपुरासुन्दरी नगरपालिका २ मद्दुकी ४० वर्षीया चुफी थापालाई ४५ वर्षीय पति परिमल थापाको कुटाईबाट घाइते भएकी छन् ।

मदिरा सेवन गरेर पति थापाले ०७६ असार १८ गते घरमै चिरपट दाउराले कुटपिट गरेको पिडित थापाले प्रहरी चौकी त्रिपुराकोटमा असार १९ गते दिएको उजुरीमा उल्लेख छ ।

पीडितलाई आरोपितले बारम्बार कुटपिट गर्ने गरेको भन्दै पीडित महिलाले सम्बन्ध विच्छेद गरी पाउँ भनी निवेदनमा उल्लेख गरेकी छन ।

घाइते चुफी थापाको कम्मर र तिघ्रामा चोट लागेको छ । पीडित महिलाले असार १९ गते निवेदन दिएको दिनमै गिरफ्तार गर्न जाँदा आरोपित छाडी रूकुमतिर गएकाले गिरफ्तार गर्न नसकिएको प्रहरीले जनाएको छ । घाइते महिलाको उपचार त्रिपुरासुन्दरी मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।


विष्णुप्रसाद देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments