Incident Reports

प्रतिबन्धित नेकपाद्वारा स्थानीय तहमा तालाबन्दी

2019-07-07

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २२ गते राति कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका बाहेकका सबै स्थानीय तहका कार्यालयहरूमा तालबन्दी गरेको छ ।

तालाबन्दीसँगै सो पार्टीले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हावी भएको, सहकारीमार्फत वित्तिय शोषण भएको र कर्मचारीबाट जनप्रतिनिधिले कमिशन खाएको उल्लेखित विज्ञप्ति पनि टाँसेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिले मानोमानी गरेकाले अनिश्चितकालिन तालाबन्दी गर्नु परेको सो पार्टीका जिल्ला सेक्रेटरी मनिलाल ऐडीको भनाई छ ।

नरहरीनाथ गाउँपालिकाका सबै वडाहरूमा तालबन्दी भएकाले दैनिक कामकाजमा समस्या भएको नरहरीनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।

सो पार्टीले नौओटा स्थानीय तह र ८२ ओटा वडा रहेको जिल्लाका पचालझरना, पलाँता, सान्नित्रिवेणी गाउँपालिका कार्यालयमा र नरहरीनाथ तथा शुभकालिका गाउँपालिकाका वडाहरूमा ताला लगाएको जनप्रतिनिधिहरूले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले भने कतै पनि तालाबन्दी नभएको बताएका छन् ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments