Incident Reports

प्रतिबन्धित नेकपाद्वारा विभिन्न स्थानीय तहमा तालाबन्दी

2019-07-07

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लाका पाँचओटा स्थानीय तहमध्ये दुई ओटा नगरपालिका, एउटा गाउँपालिका कार्यालय र यिनै स्थानीय तहका आठ ओटा वडा कार्यालयहरूमा असार २२ गते राति ताला लगाएको छ ।

छेडागाड नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको सम्बन्धित कार्यालयले जनाएका छन् ।

भेरी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय, नलगाड नगरपालिकाको वडा नम्बर ३, ५ ८ ११ र १२ नम्बर वडा कार्यालय, कुशे गाउँपालिकाको ८ नम्बर वडा कार्यालय र छेडागाड नगरपालिकाको १३ नम्बर वडा कार्यालयमा समेत सो पार्टीका कार्यकर्ताहरूले तालाबन्दी गरेको स्थानीय जनप्रतिनिधीले जानकारी दिएका छन् ।

कार्यालय समय पश्चात् कार्यालय सहयोगीले लगाएको तालासँगै सो पार्टीका कार्यकर्ताहरूले ताला लगाएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले बताए । उनले कार्यालयमा ताला लगाउनुका साथै सो पार्टीको पर्चा टाँसिएको अवस्थामा भेटिएको बताए ।

स्थानीय तहका विभिन्न वडा तथा गाउँपालिका र नगरपालिकामा ताला लगाइएको भएपनि अन्य कुनै प्रकारको क्षति भने नभएको सम्बन्धित स्थानीय तहले जानकारी दिएका छन् । तालाबन्दीसँगै सो पार्टीको पर्चा समेत टाँसिएको छ ।

केही स्थानमा ताला फुटाइसकिएको र केही स्थानमा ताला फुटाउनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताए ।

केही दिनअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले बारेकोट गाउँपालिकाका अध्यक्षको कार्यकक्षको मुल ढोकामा राखेको सुतली बम नेपाली सेनाले निष्कृय पारेको थियो ।


दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC , National/Online Media

0 Comments