Incident Reports

अपांग बालिकालाई करणी गरेको अभियोगमा दुई पक्राउ

2019-04-24

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 5

काभ्रे : बौद्धिक अपांगता भएकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे प्रहरीले दुईजना पक्राउ गरेको छ । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका ५ का वर्ष ३३ का राजकुमार ढुंगेल र अर्का १७ वर्षका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए। 

जबरजस्ती करणीबाट बालिका गर्भवती भएको भन्दै किशोरीका अभिभावकको निवेदन दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुशन्धान भइरहेको डीएसपी गिरीले जानकारी दिए।

गत वैशाख ११ गते दिउँसो २ बजेतिर चौरीदेउराली गाउँपालिका ५ पोखरीचौरी दाहाल टोलस्थित घर नजिकै बारीको कान्लामुनी ढुंगेलले पैसा र खाने कुरा दिई ललाईफकाई गरी करणी गरेको आरोपसहितको जाहेरी पीडित पक्षले दिएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो।

अभिभावकले सोधपुछ गर्दा बालिकाले घटनाबारे सबै कुरा बताएपछि उक्त घटना बाहिर आएको हो।मुद्दा फिर्ता लिन आरोपितका आफन्तले दवाव दिइरहेको बालिकाका अभिभावकले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments