Incident Reports

विप्लवको सुनसरी जिल्ला सदस्य इटहरीबाट पक्राउ

2019-03-26

Province 1, Sunsari, Itahari, Ward 4

सरकारले नेकपाका विप्लव समुहका एक जिल्ला सदस्य नेतालाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार सुनसरीको इटहरी ४ बाट जिल्ला सदस्य रमेश खड्कालाई पनि पक्राउ गरेको हो । प्रहरीका अनुसार खड्काको स्थायी घर मोरङको मोतिपुर हो, तर उनी इटहरी ५ मा बस्दै आएका थिए । पुर्वमाओवादी लडाकु पनि रहेका उनको उपनाम सुर्य भएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्काको बारेमा प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ। खड्का पाटीको काममा मोरङ र धनकुटामा पनि सक्रिय रहेका थिए। 

केही दिनयता विप्लवका नेता, कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन्। हिंसात्मक गतिविधि शुरु भएपछि सरकारले विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि, प्रहरीले नेता, कार्यकर्ताहरुमाथि कडा निगरानी राख्दै पक्राउ गर्न थालेको छ। आइतबार साँझ मात्र मोरङको कानेपोखरी ४ स्थित गाउँबाट कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ ,पुस्कर र ब्यूरो सदस्य माधव गौतमलाई प्रहरीले समातेर धरान ल्याएको छ। उनीहरुलाई संगठित अपराधसँग हातहतियार तथा खरखजना मुद्दामा अदालतबाट प्रहरीले म्याद थप गरेकोछ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments