Incident Reports

एमाओवादी इलाम क्षेत्र नम्बर २ का उम्मेदवार माथि आक्रमण l

2013-10-27

Province 1, Ilam, Illam

Kokila Dhakal इलाम । ०७० कात्तिक ११ गते, इलाम र पाँचथरको सीमावर्त्ती क्षेत्र रविमा चुनावी कार्यक्रम सकेर फर्कदै गरेका एमाओवादी इलाम क्षेत्र नम्बर २ का उम्मेदवार रमेश लिङ्गदेनमाथि कात्तिक १० गते बेलुका रवि-राँके सडकको दशमी भन्ने स्थानमा आक्रमण भएको छ । आक्रमणमा परी लिङ्गदेनको खुट्टामा चोट लागेको छ । रविबाट चुनावी कार्यक्रमका लागि इलामको आमचोक तर्फकार्यकर्तासहित फर्कदै गरेका लिङ्गेन चढेको मे १ ज ३८२ नम्बरको ल्याण्डरोबर गाडी र अन्य मोटरसाईकलहरूमा पनि सामान्य तोडफोड भएको जिल्ला सुरक्षा समिति इलामले जनाएको छ । १०-१२ जनाको संख्यामा आएको समूहले लिङ्गदेनमाथि आक्रमण गरेको थियो । आक्रमणबाट राजेन्द्र गहतरात, राज कुमार राई र भीम भट्टराईलगायतका कार्यकर्ताहरू पनि सामान्य घाइते भएको एमाओवादी इलामका नगर इन्चार्ज जीवन शर्माले बताए । एमाओवादीका कार्यकर्ता र उक्त समूहबीच केहीबेर दोहोरो झडप भएको थियो । केही बेरको झडपपछि आक्रमणकर्ताहरू भागेको र उनीहरूको साथबाट एक थान खुकुरी खोसेको शर्माले जानकारी दिए । यता आक्रमण गर्नेको पहिचान भइसके पनि गिरफ्तार नपरेको र खोजीकार्य जारी रहेको इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताएका छन् । कोकिला ढकाल

0 Comments

Related Reports