Incident Reports

नारायणगढकाे तरकारी बजारमा आँप बाेकेकाे भारतीय ट्रक ताेडफाेड

2019-07-09

Bagmati, Chitawan, Bharatpur

चितवन — नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेकाे भारतीय ट्रकमा ताेडफाेड भएकाे छ ।बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक ताेडफाेड भएकाे हाे। ट्रककाे अगाडिकाे शिसा फुटेकाे छ। ट्रकमा चार टन भारतीय आँप थियाे। स्कुटरमा चढेर आएका युवाले ताेडफाेड गरेकाे प्रत्यक्षदर्शी व्यवसायीहरूले बताए। उनीहरूले पानीकाे बाेतलमा पेट्राेल ल्याएका थिए। पेट्राेल छर्केर आगाे लगाउन सलाइ काेर्दा सलाइ नबलेपछि उनीहरू भागेकाे व्यवासायीहरूले बताए। प्रबन्ध निर्देशक धितालका अनुसार याे समयमा भारतबाट आँप र अनार आउने गर्छ। नारायणगढकाे तरकारी बजारमा दिनमा १०/१२ वटा भारतीय ट्रक तरकारी र फलफूल ल्याएर आउने गर्दथे। विषादी परीक्षणकाे सन्दर्भ पछि फाट्ट फुट्ट मात्रै आउने गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments