Incident Reports

एमाओवादीद्वारा आयोजित निर्वाचन कार्यक्रममा अवरोध l

2013-10-27

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७० कात्तिक ११ गते, ओखलढुङगा बजारमा कात्तिक ११ गते एमाओवादीले अयोजना गरेको चुनावी कार्यक्रमलाई अवरोध गर्न नेकपा-माओवादीले यातायात बन्दको आहृवान गरेको छ । एमाओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थिति हुने उक्त पूर्व निर्धारित कार्यक्रमलाई अवरोध पुर्‍याउन नेकपा-माओवादीले कत्तिक १० गते साँझ नै यातयात बन्दको आहृवान गरेका हो । निर्वाचन बहिस्कार गर्दै आएको माओवादीले ठूलाछापको निसंखेमा रुख ढालेर सडक अवरोध गरेको भने कोषाहाटदेखि सदरमुकाम चल्ने यातायात चलेका छैनन् । सवारी नचलेपछि एमाओवादी कार्यकर्ताहरू हिडेर सदरमुकाम आउन लागेको वाईसीयलका जिल्ला संयोजक सुरेश थापाले बताए । एमाओवादीका अध्यक्ष प्रचण्ड एमाओवादीको चुनावी सभालाई सम्बोधन गर्न कात्तिक ११ गते ओखलढुङ्गा आउने भएपछि यातायात बन्दको आयोजना गरिको नेकपा-माओवादीले जनाएको छ । पार्टीको केन्द्रिय नीति अनुसार जिल्लामा यातायात बन्दको घोषणा गरिएको जिल्ला इर्ञ्चाज मोहन खड्काले जानकारी दिए । सरकारले निगरानी बढाएपछि माओवादीका नेताहरू सदरमुकाम छोडेर गाउँ पसेका छन् । खड्काले टेलिफोनमा शान्तिपूर्ण बन्दको अवज्ञा गरे अप्रिय घटना हुनसक्ने चेतावनी दिएका छन् । दाहाल आउने कार्यक्रममा नेकपा-माओवादीले देशभर नै बन्द गर्दै आएको छ । बन्दका कारण, खानीभञ्ज्यांग, हर्कपुर, कोषाहाट, फलाटेभञ्ज्यांग लगायतका ठाउँबाट सदरमुकामका लागि छुट्ने र जिल्लाका विभिन्नस्थानमा छुट्ने गाडी चल्न सकेका छैनन् । यातयात नचल्दा सयौँ अलपत्र परेका छन् । यातायात बन्द खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिवप्रसाद ढुंगाना

0 Comments

Related Reports
Related Trend Analysis