Incident Reports

हत्याको विरोधमा भोजपुर बन्द

2019-05-24

आफ्नो कार्यकताको हत्याको विरोधमा विप्लव समुहले भोजपुर जिल्ला बन्दको आहवान गरे पछि जनजीवन प्रभावित भएको छ।

विप्लव कार्यकर्ता र प्रहरी बीच गोली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको । विरोधमा भोजपुर बन्द गरेको हो । बन्दको कारण साना-ठूला सवै बसहरु सञ्चालन नहुन सकेका छैनन् भने सदरमुकामका शैक्षिक संस्था पसलहरु समेत बन्द रहेका छन् । विप्लवको बन्दको आशिंक प्रभाव परेको सुरक्षा निकायले जनाएको छ । सञ्चालनमा रहेका सवारीसाधनलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए । अघोषित रुपमा बन्द भएको कारण सर्वसाधरणहरु अलमलमा परेका थिए ।

विहान यातायात सञ्चालन नभएपछि मात्र बन्द भएको जानकारीमा आएको थियो । गत मंगलबार दिउसो भोजपुर २ खोटाङ्गको सिमानामा पर्ने मैयुङ क्षेत्रको धोत्रे भन्ने ठाउँमा भिडन्त भएको थियो । प्रहरीको गोलि प्रहार बाट डानन्द नगरपालिका २ कुदाक-काउँलेका विप्लव कार्यकता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए । खुट्टामा गोलि लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । विप्लन्न समुहले भने उनलाई| नियन्त्रणमा लिएर हत्या गरिएको दावि गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
Local Newspaper - Sunsari

0 Comments