Incident Reports

बोरिङ निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप (फोटोसहित)

2019-07-15

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौं : धोबिखोला चुनिखेलमा खाने पानीको डिप बोरिङ गाड्न नपाउने भन्दै स्थानीयले विरोध गरेका छन् । धोबिखोलाको छेउमा मापदण्ड नपुर्‍याइ बोरिङ खन्न लागेको र व्यक्तिको जग्गामा बोरिङ परेकोले स्थानीयले बिरोध गरेका हुन् । 

सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका स्थानीयको अवरोधलाई रोक्न प्रहरी परिचालन गरिएको थियो । विरोध प्रदर्शनमा प्रहरीबल प्रयोग गरेर मेयर, उपमेयर र वडाअध्यक्षले मिलेमतोमा स्थानीयको हित विपरित काम गरिरहेको स्थानीय सुरेशकुमार राईले आरोप लगाए। विरोधका क्रममा स्थानीय र प्रहरीबीच सामान्य झडप भएको थियो ।

बोरिङले पानी निकाल्दा वरपरको बस्तीमा पानी सुक्ने समस्या आउने भएकोले आफुहरु विरोधमा उत्रिएको उनले बताए ।

  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments