Incident Reports

नेकपा-माओवादीका सात जना कार्यकर्ता रिहा

2013-11-23

DM Chamling Rai खोटाङ । ०७० मङ्सिर ८ गते निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका नेकपा-माओवादीका जिल्लास्तरीय सात जना कार्यकर्तालाई मङ्सिर ७ गते जिल्ला प्रशासन कार्यालय खोटाङको आदेशपछि रिहा गरिएको छ । कात्तिक २८ गते गिरफ्तारीमा परेका नेकपा-माओवादीका जिल्ला सह-सेक्रेटरी दिक्तेल गाविस-४ का ५४ वर्षीय देवीप्रसाद रिजाल, जिल्ला सचिवालय सदस्य चिउरीडाँडा गाविस-१ का २९ वर्षीय राजेन्द्र राई, जिल्ला सदस्य मात्तिमविर्ता गाविस-३ का ३४ वर्षीय सूर्यधन तामाङ निर्वाचनको मतगणनाको काम सकिएपछि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको आदेशपछि रिहा भएका हुन् । त्यसैगरी, लफ्याङ गाविस-९ घर भई नेकपा-माओवादीका सचिवालय सदस्यद्वय ३३ वर्षीय प्रेम कटुवाल, खाल्ले गाविसका ३० वर्षीय प्रवचन राई, डुम्रेधारापानी गाविस-९ का २८ वर्षीय जिल्ला सदस्य गणेश घिमिरे र चिउरीडाँडा गाविस-१ का जिल्ला सचिवालय सदस्य टिकाराम राई (वर्तमान) पनि रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दकुमार शाहले निर्वाचनको समयमा भएको राजनीतिक गतिविधिको आरोपमा उनिहरुलाई गिरफ्तार गर्नुपरेको र चिर्वाचन सकिएपश्चात विनाशर्त रिहाई गरिएको बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis