Incident Reports

प्रदर्शनका क्रममा नेविसङ्घ कार्यकर्ता गिरफ्तार

2019-07-15

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा मनपा-१ बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि प्रदर्शनका क्रममा प्रहरीले तनहुँ घर भई पोखरा मनपा-५ प्रस्याङ बस्ने ३१ बस्ने नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता ३१ वर्षीय पशुपति भट्टराईलाई असार ३० गते गिरफ्तार गरेको छ ।

असार ३० गते पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै सो को विरोधमा नेपाल विद्यार्थी सङ्घले मसाल जुलुसको कार्यक्रम राखेको थियो ।

गिरफ्तार गरिएका भट्टराईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा राखिएको डिएसपी राजकुमार केसीले जानकारी दिए ।

मसाल जुलुस गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा पोखरा मनपा-३१ बेगनास बस्ने नेपाल विद्यार्थी सङ्घ जनप्रिय बहुमुखी क्याम्पस सभापति २४ वर्षीय ध्रुवराज अधिकारी, पोखरा मनपा-२६ बस्ने २३ वर्षीय सन्देश खत्री, पोखरा मनपा-८ बस्ने २१ वर्षीय गौरव बराल सामान्य घाइते भएकोमा फिस्टेल अस्पताल, पोखरामा उपचारपछि फर्किसकेको नेपाल विद्यार्थी सङ्घ, कास्कीले जनाएको छ ।

झडपका क्रममा घाइते भएका वडा प्रहरी कार्यालय, रामबजारमा कार्यरत पोखरा मनपा-१० रामबजार बस्ने प्रहरी जवान २४ वर्षीय दिपक खाती पनि फिस्टेल अस्पतालमा उपचारपछि कार्यक्षेत्रमा खटिसकेको डिएसपी केसीले जानकारी दिए ।

प्रहरीको हस्तक्षेप नभई मसाल जुलुस निकाल्ने क्रममा सामान्य धकेलाधकेल मात्रै भएको डिएसपी केसीको दाबी छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 4
Youth Injured 4
INSEC

0 Comments