Incident Reports

पोखरामा भेटियो ‘पेन गन’, लागूऔषध कारोबारी पक्राउ

2019-07-18

Gandaki, Kaski, Pokhara Lekhnath

कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए । 

‘लागूऔषध सेवन, ओसारपसार गर्ने सुराकी पायौं । त्यही आधारमा उनको घरमा छापा मार्दा कलम जस्तै देखिने पेन गन र गोलीसमेत फेला पार्‍यौं,’ एसपी कार्कीले भने, ‘पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला परेको छ ।’ 

उनले रानाभाटको कोठाबाट थुप्रै लागुऔषध पनि बरामद भएको जानकारी दिए । प्रहरीले रानाभाटको डेराबाट ६० वटा फेनेरागन, ब्रुफिन ६० वटा, डाइजेपाम ६० वटा, नाइट्रोसन १५ चक्की बरामद गरेको छ । 

रानाभाट कक्षा १२ का विद्यार्थी समेत हुन् । 

National/Online Media , Local Newspaper - Kaski

0 Comments