Incident Reports

बालिका बलात्कारका आरोपित फरार l

2013-11-24

Rajendra Thagunna अमरगढी नपा-७ पोखराका ४० वर्षीय पदम भट्टराई एक १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको प्रहरीले मङ्सिर ९ गते साँझ जनाएको छ । पीडित बालिका आफन्तको घरमा बस्दै आएको र घरमा कोही नभएको समयमा मङसिर ५ गते राति बलात्कार गरेको पीडित बालिकाले बताइन् । आरोपित फरार रहेकोले जबरजस्ती करणीको मुद्दा मङ्सिर ९ गते मात्रै दर्ता गरिएको र फरार रहेका भट्टराईको खोजीकार्य जारी रहेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रर्साईले बताए । बालिकाको स्वास्थ्य परीक्षण उपक्षेत्रीय कार्यालय, डडेल्धुरामा भएको र परीक्षणका क्रममा बालिका बलात्कृत भएको प्रमाण देखिएका स्वास्थ्यकर्मीले जनाए । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports
Related Trend Analysis