Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै उजुरी दर्ता

2019-07-18

Madhes, Saptari, Bode Barsain, Ward 6

४५ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले बोदे बर्साइन नपा-६ की ४५ वर्षीया कपुरदेवी यादव, सोही ठाउँका ३५ वर्षीय दुर्गाप्रसाद यादव, ६५ वर्षीया गोवर्द्धन यादव, ५५ वर्षीया जसोदेवी यादव र ३५ वर्षीया अनीतादेवी यादवविरूद्ध साउन २ गते उजुरी दर्ता गरेको छ ।

आरोपितहरूले कथित बोक्सीको आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको भन्दै पीडितले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितहरुले आफूमाथि मन्त्र फुकेर गाईबस्तु मारेको आरोप लगाउँदै दुर्व्यवहार समेत गरेको पीडितको आरोप छ ।

प्रहरीले उजुरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उजुरी दर्ता गरी कारवाही अगाडि बढाउन पत्राचार गरेपछि ढिलो गरी उजुरी दर्ता भएको पीडितले बताइन् ।

कथित बोक्सीको आरोपमा उजुरी दर्ता गरिएको जानकारी दिँदै इन्स्पेक्टर विष्णुप्रदिप बस्यालले आरोपितहरूको खोजी कार्य भइरहेको बताए । उजुरी दर्तापछि आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments