Incident Reports

महिलाद्वारा बिध्यालय तोडफोड ।

2019-02-20

Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 1

कंचनपुरको सुक्लाफाँटा नगरपालिका-१ बन्सहामा रहेको अनुपम एजुकेसनल एकेडेमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन् । ४६ बर्षीय चम्पा बिष्टले बिध्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा चार लाख बराबरको क्षति भएको बिध्यालय संचालक समितिका अध्यक्ष मदनराज जोशीले बताए । बिष्टले बिध्यालय रहेको जग्गा आफ्नो भएको भन्दै कार्यालय कक्षमा रहेको २ थान कम्प्युटर, प्रिन्टर, दराज, ल्यापटप, साउण्ड सिस्टम, खेलकुदका सामग्री, प्रयोगशालाका सामग्री, कुर्शी र तबल तोडफोड गरेको जोशीले जनाए ।

जोशीले भने ' पहिला बिध्यालयमा पढ्ने बिध्यार्थीको अभिभावक होला भनेर सोचेका थियौं, केहि गुनासो राख्न आउनुभएको होला भनेर कुरा सुन्यौं । बिध्यालय रहेको जग्गा नै आफ्नो भएको दाबी गर्दै तोडफोड गर्न थालेपछि प्रहरी बोलाएर नियन्त्रणमा राख्न लगाएका छौं '। प्रहरी निरीक्षक  अवस्थीले तोडफोड गर्ने महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Local Newspaper - Kanchanpur

0 Comments

Related Reports