Incident Reports

६१ प्रतिशत हिंसा घरभित्रै, हिंसाविरुद्धको अभियान l

2013-11-25

Bagmati, Lalitpur, Lalitpur

काठमाडौं, मंसिर १० - महिलामाथि हुने हिंसाका घटनामध्ये ६१ प्रतिशत घरेलु हिंसा भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) को अध्ययनले १ हजार ७ सय ३ घटनामध्ये ६१ प्रतिशत घरभित्रैकै हिंसाबाट प्रताडित भएको देखाएको हो । महिला हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटनमा विमोचन गरिएको 'अन्वेषी' वर्ष पुस्तकले यस्तो देखाएको हो । २६ देखि ३५ वर्ष उमेरका महिलाले बढी हिंसा खेपिरहेको पुस्तकमा उल्लेख छ । यस वर्ष २९ महिलाको हत्या गरिएको छ भने २१ वटा घटनामा हत्याको प्रयास गरिएको पुस्तकमा उल्लेख छ । हिंसाका कारण ओरेकको सुरक्षागृहमा आएका र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका घटनालाई लिएर अध्ययन गरेको अधिकारकर्मी रेणु राजभण्डारीले जानकारी दिइन् । सोमबारदेखि सुरु भएको १६ दिने अभियान अन्तर्गत १६ दिनको अवधिभर हिंसाविरुद्ध विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइने महिला आयोगले जनाएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर यो अभियान सञ्चालन गरिन्छ । नेपालमा पनि महिला आयोग, महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूको सहभागीताका अभियान सञ्चालन गरिएको हो ।

0 Comments

Related Reports
Related Trend Analysis