Incident Reports

खुकुरी प्रहारबाट भेडा गोठाला गम्भीर घाइते

2019-07-19

Province 1, Bhojpur, Tyamkemaiyung

भोजपुर : भेडाको बथान चराइरहेको बेला खुकुरी प्रहार भएपछि एक भेडीगोठ हेरालु गम्भीर घाइते भएका छन्। षडानन्द नगरपालिका ९ किमालुङको निगालेका तेजिन्द्र बस्नेतलाई भेडा चराइरहेका बेला बाटोमा हिँडिरहेका दुई युवाले गालीगलौजसहित खुकुरी प्रहार गरेपछि गम्भीर घाइते भएका हुन्।

बिहीबार साँझ करिब ५ बजेतिर टेम्के मैयुङ गाउँपालिका १ तिम्मामा पर्ने मैयुङडाँडाको घोडटारमा भेडा चराइरहेका बस्नेतमाथि बाटोमा हिँडिरहेका खोटाङको केपिलासगढी गाउँपालिका १ घर भएका सुमन राई र सिंगराज राईले धारिलो खुकुरी प्रहार गरेका थिए।

जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि 'किन हात लगाएको' भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको इन्सपेक्टर पाण्डव राजवंशीले बताए। खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इन्सपेक्टर राजवंशीले बताए। घटनामा खुकुरी प्रहार गर्ने दुईजनाको खोजी भइरहेको प्रहरीको भनाई छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports