Incident Reports

संविधनसभा सदस्य उम्मेदवारको मृत्युl

2013-11-01

Madhes, Bara, Kalaiya

Bipeen Gautam रौतहट । ०७० कात्तिक १६ गते, नेपाल सदभावना पार्टी युनाइटेड (श्याम सुन्दर गुप्ता समूह) का तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिएका पिप्रा भगवानपुर गाविस-७ निवासी रौतहट क्षेत्र नम्बर २ का ५९ वर्षीय शेख इसराजुलको कात्तिक १५ गते राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । राति खान खाएर सुतेका इसराजुल बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । राति परिवारजनसँगै खाना खाएर सुतेका इसराजुल बिहान अबेरसम्म नउठेपछि परिवारजनले उनलाई उठाउन जाँदा ओछयानमै मृत अवस्थामा देखेका थिए । उम्मेदवारको मृत्यु भएको खबर प्राप्त भएपछि प्रहरी टोलि उनको घरमा पुगेको थियो । मृतकको लासलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरी उपरीक्षक गोबिन्दराम परियारले जनाएका छन् । पोष्टमार्टमपछि उनको लास परिवारजनको जिम्मा लगाउने तथा अनुसन्धानपछि मात्र मृत्यु कसरी भएको खुल्ने प्रहरी उपरीक्षक परियारले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis