Incident Reports

काकाबाट भतिजी बलात्कृत

2019-07-01

Province 1, Solukhumbu, Khumbupasanglahmu, Ward 2

सोलुखुम्बु– सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका काकाले आफ्नै भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ बर्षीय ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान र कारबाही लागि अभियुक्त युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। 

पक्राउ परेका युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन्। पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले बालिकाको काकालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार पीडक युवकले अपराध स्वीकार गरेका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments