Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-21

Bagmati, Lalitpur, Lalitpur, Ward 28

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, गुमोजचोकमा बस्ने २८ वर्षीय राजु वाईवालाई साउन ५ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार आरोपितले बालिकाका अभिभावकलाई गलैँचा कारखानामा काम गरेर सुखी जीवन जिउन सकिने प्रलोभन देखाइ केही महिना अघिदेखि बालिकालाई आफ्नै संरक्षणमा लिइ ललितपुर महानरपालिका–२८, हरिसिद्धि बस्दै आएका थिए ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते उनकै डेरामा बलात्कार गरेको र त्यसपछि कोठाबाट बाहिर निस्कन नदिइ बन्धक बनाएको पीडित परिवारको आरोप छ ।

पीडित बालिका साउन ३ गते कोठाबाट भाग्न सफल भई बौद्ध बस्ने दिदीकोमा गएर घटनाबारे जानकारी दिएपछि पीडित पक्षले सोही दिन महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितको खोजी गरी साउन ५ गिरफ्तार गरिएको डिएसपी मिश्रले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments