Incident Reports

अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड

2019-07-21

Karnali, Humla, Adanchuli

अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स र क्यामरा लानुका साथै बेन्च, डेस्क, टेबल, दराजलगायत विभिन्न महत्वपुर्ण कागजात नष्ट गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

 अध्यक्ष फडेराले केही दिन अघि पनि अक्षत पक्षले कार्यालयमा रहेको इञ्जिनियर अङ्कित ‘नेम प्लेट’ फुटाएको बताए ।

 कार्यालय नजिकै रहेको सूचना बोर्डमा अखिल क्रान्तिकारी लेखिएको सूचनामा गाउँपालिकामा कार्यरत इञ्जिनियरले परियोजनाहरूबाट पैसा उठाएकोले तोडफोड गरी सामग्री लगेको भन्ने उल्लेख गरिएको भेटिएको फडेराले जानकारी दिए ।

 गाउँपालिकाले भने कुनै पनि प्राविधिकहरूलाई कुनै पनि योजनाहरूबाट पैसा नउठाउन निर्देशन दिएकोले कसैले पनि पैसा नउठाएको बताउँदै प्रमाण सहित आए तुरन्त कारवाही गर्ने जनाएको छ ।

 तोडफोड घटनामा संलग्न पक्षको खोजी कार्य जारी रहेको अस्थायी प्रहरी पोष्ट, श्रीनगरका असई नारायणदत्त बडुले बताए । बडुले सो घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय, हुम्लामा जानकारी गराइसकेको बताए ।

 नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको जिल्ला सङ्गठन समितिले भने आफूलाई आरोप आउनसक्ने ठम्याएर साउन ५ गते नै विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments