Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-07-23

Gandaki, Tanahun, Byas

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई साउन ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला कमिटी सदस्य तथा युवा लिग फोर्सका जिल्ला अध्यक्ष व्यास नपा–१४ केशवटार बस्ने ३६ वर्षीय नेत्रबहादुर थापा र युवा लिग फोर्सका जिल्ला सचिव भानु नपा–२ का ३० वर्षीय विष्णुकुमार श्रेष्ठ रहेका छन् ।

थापालाई व्यास नपा–२ स्थित गणेशमान चोकबाट र थापालाई सोही नपाको वडा नम्बर ३ स्थित मालपोत लाईनबाट दिउँसो १२ बजे गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरूको साथबाट पर्चा, पम्प्लेट र पार्टीका अन्य कागजपत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Chitwan

0 Comments