Incident Reports

शंकास्पद वस्तु डिस्पोज

2019-03-10

Province 1, Sunsari, Dharan, Ward 2

धरान २ स्थित सिंहदेवी चौकमा भेटिएका शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सिंहदेवी लाइनदेखि १ सय मिटर माथि रहेको  बालगोपाल मन्दिर छेउको भाडोमा भेटिएको शंकास्पद वस्तको नेपाली सेनाको कालीशक्ति गणको डिस्फोजल टोलीले विस्फोट गराएको हो। दिउसोको समयमा नेशनल कलेजमा कार्यरत सुरक्षाकर्मी पशुराम तामाङ्गले वम जस्तो शंकास्पद वस्तु देखेपछि उहाले प्रहरीलाई खबर गर्नुभएको थियो ।

खबरपश्चात - जनपथ प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाको डिस्फोजल टोली सोही ठाउमा पुगेको थियो । कडा सुरक्षाका साथ डिस्फोज गरिएको वस्तु दोस्रो संविधानसभा ताका राखिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। थर्मल टेपले वरिपरि बेरिएकको र तार समेत चुटिएको अवस्थामा फेला परेकोसो शंकास्पद वस्तु धेरै पहिले राखिएको हुन सक्ने शशस्त्र प्रहरी धरानका डिएसपी देवराज विष्टले जानकारी दिए ।डिस्पोज गरिएको सो शंकास्पद वस्तु सेनाले परीक्षणकालागि लगेको छ। शंकास्पद वस्तु कस्ले र किन राख्यो भन्ने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments