Incident Reports

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

2019-07-03

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 2

दोगडाकेदार गाउँपालिका-२ ढिकगाडकी आठ वर्षीया कल्पना भुल भनिने कलावती सार्कीको असार १८ गते हत्या गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ बमरोडाका २४ वर्षीय खगेन्द्रराम महरलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

मृतक बालिकाका ५८ वर्षीय बुबा खडक सार्कीको उजुरीका आधारमा महरलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर दिपक पातलीले बताए । 

दोगडाकेदार गाउँपालिका-२ ढिकगाड घरभई दशरथचन्द नगरपालिका-४ बमरोडामा बुबासँगै बस्दै आएकी कलावती असार १८ गते विद्यालयबाट हराएकी थिइन् । 

हराएकी बालिकाको शव उनी अध्ययनरत श्री इश्वर आधारभूत विद्यालय नजिकैको खोलामा खाल्डोमा गाडेको अवस्थामा साउन ९ गते फेला परेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Local Newspaper - Parsa

0 Comments