Incident Reports

UML Uses Children in Election Campaign

2013-11-02

Province 1, Khotang, Kepilasagadhi

Khotang, Chunab prachar prashar ma balbalika ko prayog. Khotang/November 3 UML has used students of Prithivi Higher Secondary School for election campaign in Bakshila VDC on November 2. About 300 students were used for carrying party flag in the programme which was addressed by the UML candidate from constitneuncy-1 Panchkarna Rai. The election code of conduct bars use of children in the party's election campaign. DM Chamling खोटाङ । ०७० कात्तिक १२ गते, नेकपा एमाले खोटाङले चुनाव प्रचार/प्रसारमा बालबालिकाको प्रयोग गरेको पाईएको छ । एमालेले निर्वाचन आचारसंहिता विपरीत बालबालिकाहरूलाई उम्मेदवारको पोष्टर र पर्चा वितरणको कार्यमा लगाएको हो । बालअधिकार महासन्धी १९८९ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको आधारमा १८ वर्षमुनिका सबै बालबालिकालाई कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी गराउन नपाईने र निर्वाचन आचारसंहितामा समेत बालबालिकाको प्रयोग गर्न नपाईने व्यवस्थाको विरुद्ध एमालेले बालबालिकाको प्रयोग गरिरहेको हो । नेकपा एमालेले खोटाङ क्षेत्र नं. २ का उम्मेदवार विशाल भट्टराई र क्षेत्र नं. १ का उम्मेदवार पाँचकर्ण राई (पिके) को चुनावी प्रचार/प्रसार गर्न बालबालिकालाई प्रयोग गरेका हुन् । कात्तिक १२ गते बालबालिकाहरूले सदरमुकाम दिक्तेलमा एमाले उम्मेदवारको चुनावी पर्चा वितरण गरेको पाईएको छ । नेकपा एमालेका सचिव राजन राईले नियतवश उनिहरूलाई प्रयोग गरेको बताए । कतिपय बालबालिकाहरूले रहरले पर्चा/पम्प्लेट बोकेको हुनसक्ने बताए । निर्वाचन आचारसंहितामा बालबालिकालाई जुलुस, र्‍याली, जनसभा, वैठक, जमघट र निर्वाचन प्रचारप्रसार तथा निर्वाचन सम्वद्ध कुनै पनि कार्य वा क्रियाकलापमा सहभागी गराउन निषेध गरेको छ । यसबारेमा जिल्लास्थित मृख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले आफूहरूलाई राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेकोबारे जानकारी नआएको बताए । बालबालिकालाई निर्वाचन सम्बन्धी प्रचार/प्रसारमा सहभागी गराउन आचारसंहिता विपरीत भएको भन्दै त्यसो गर्नेलाई कारबाही हुने उनले बताए । डिएम चाम्लिङ राई

0 Comments