Incident Reports

चुनाव प्रचार-प्रसारमा बालबालिकाको प्रयोगl

2013-11-02

Province 1, Khotang, Kepilasagadhi

१ का उम्मेदवार पाँचकर्ण राई (पिके) को चुनावी प्रचार/प्रसार गर्न बालबालिकालाई प्रयोग गरेका हुन् । कात्तिक १२ गते बालबालिकाहरूले सदरमुकाम दिक्तेलमा एमाले उम्मेदवारको चुनावी पर्चा वितरण गरेको पाईएको छ । नेकपा एमालेका सचिव राजन राईले नियतवश उनिहरूलाई प्रयोग गरेको बताए । कतिपय बालबालिकाहरूले रहरले पर्चा/पम्प्लेट बोकेको हुनसक्ने बताए । निर्वाचन आचारसंहितामा बालबालिकालाई जुलुस, र्‍याली, जनसभा, वैठक, जमघट र निर्वाचन प्रचारप्रसार तथा निर्वाचन सम्वद्ध कुनै पनि कार्य वा क्रियाकलापमा सहभागी गराउन निषेध गरेको छ । यसबारेमा जिल्लास्थित मृख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले आफूहरूलाई राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेकोबारे जानकारी नआएको बताए । बालबालिकालाई निर्वाचन सम्बन्धी प्रचार/प्रसारमा सहभागी गराउन आचारसंहिता विपरीत भएको भन्दै त्यसो गर्नेलाई कारबाही हुने उनले बताए । डिएम चाम्लिङ राई

0 Comments