Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

2019-07-21

Madhes, Bara, Devtal, Ward 1

देवताल गाउँपालिका-१ कटहरीया गाउँका ७५ वर्षीय मदन हजरा दुसाद र उनकी पत्नी रम्भा देवीलाई साउन ५ गते बेलुका कुटपिट गरेको भन्दै पीडित पक्षले सोही गाउँका ५० वर्षीय रामनिवास पटेल, ४५ वर्षीय रामबाबु प्रसाद कुर्मी, ४० वर्षीय कपिल पटेल, ३० वर्षीय शर्मा पटेल, २६ वर्षीय राजकुमार पटेल, २१ वर्षीय सन्तोष पटेल र १८ वर्षीय जयराम पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालय बारामा साउन ७ गते उजुरी दिएका छन् ।

साउन ५ गते बिहान रामबाबुप्रसाद कुर्मी र उनकी पत्नीले पीडित मदन हजरा दुसादको घरमा आई खेतमा धान रोप्न बोलाएका थिए ।

पीडित मदनले सञ्चो नभएको भन्दै आउन नसक्ने बताएपछि आरोपितले जुनसुकै हालतमा पनि रोपाइँमा आउन भनेका थिए ।

पीडित काम गर्न नआएको भन्दै आरोपितहरूले सोही दिन बेलुका मदनको घरमा आई जथाभावी गालीगलौज गर्दै हत्या गरेर फाल्ने भनी मुक्का, बाँसको लौरो र रडले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

कुटपिटका कारण घाइते भएका पीडितद्वयको प्राथमिक उपचार कलैया अस्पतालमा भएको र थप उपचार वीरगंजस्थित गण्डक अस्पतालमा भइरहेको छ ।

देवापुर प्रहरी चौकीका असई गजेन्द्र चौधरीले घाइतेको उपचार भएर फर्केपछि दुवै पक्षबिच छलफल राखिने बताए ।


भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPNM-MC
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments

Related Reports