Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-23

Bagmati, Chitawan, Bharatpur, Ward 12

१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय शङ्कर सापकोटालाई साउन ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई आरोपितले साउन ६ गते भरतपुरको एक रेष्टुरेन्टमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध साउन ७ गते गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित बालकको स्वास्थ्य परीक्षण साउन ७ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनायो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments