Incident Reports

अज्ञात समूहले कावासोतीमा जलाए जिल्ला अदालतको गाडी

2019-07-25

Gandaki, Nawalparasi East, Kawasoti, Ward 8

१० साउन, नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा २ झ ३५२० नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको जानकारी दिए ।

रानाभाटका अनुसार, आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको छ ।

गाडी बडु भाडामा बस्दै आएको कावासोती ८ स्थित थकाली चोकका अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखिएको थियो ।

राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको रानाभाटले जानकारी दिए ।

विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ । तर, खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media

0 Comments