Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-07-25

Province 1, Sunsari, Dharan, Ward 17

१७ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१७ का २१ वर्षीय पतिलाई साउन ९ गते गिरफ्तार गरेको छ ।

 दुई महिना अघि विवाह गरेकी पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले साउन ९ गते पतिविरूद्घ इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

 पीडितले दिएको उजुरीमा दुई महिनाअघि विवाह गरेको र घरमा भित्र्याए देखि नै आरोपितले कुटपिट गर्नुका साथै बलात्कार गरेको उल्लेख छ ।

 आरोपितले भने पत्नीले स्थानीय महिलाको उक्साहटमा आफूविरूद्घ उजुरी दिएको बताएका छन् । प्रहरीले अनुसन्धानपछि कानुनी कारवाही अघि बढाउने जनाएको छ ।

 पीडितको स्वास्थ्य परीक्षण साउन ९ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments