Incident Reports

बलात्कार प्रयास र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-24

Lumbini, Rupandehi, Tillotama

२१ वर्षीया युवती र १७ वर्षीया बालिका (दिदीबहिनी)लाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–१७ का ट्रक चालक २६ वर्षीय बिनोदकुमार चौधरी र सहचालक २५ वर्षीय राजकुमार चौधरीलाई साउन ९ गते मधवलियाबाट गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितद्वयले साउन ८ गते स्याङ्गजाबाट बुटवल आउँदै गर्दा ट्रकमा बसाएर ल्याएको र  भलबारी पुगेपछि ट्रकभित्रै बलात्कार प्रयास गरेको भन्दै पीडितहरूले साउन ८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडितले दिएको उजुरीका आधारमा घटनापछि फरार रहेका आरोपितद्वयलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडितद्वयको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments