Incident Reports

बम विष्फोटमा संलग्न भएको आरोपमा प्रतिबन्धित नेबपाका कार्यकर्ता गिरफ्तार

2019-07-26

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई काठमडौँको गोङगबुबाट गिरफ्तार गरेको छ ।

प्रहरीले साउन १० गते भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पालाई गिरफ्तार गरेको हो । उनी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका युवा सङ्गठन सदस्य हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले शेर्पालाई गोङ्गबुबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको बताए ।

‘उनले एनसेल कार्यालयमा विष्फोट भएको दिन सुरक्षागार्डलाई पेस्तोल देखाएका थिए ।’– एसएसपी थापाले भने–‘सीसी टीभी फुटेजको आधारमा गिरफ्तार गरेका हौँ ।’

अघिल्लो वर्ष १० फागुनमा भएको विष्फोटमा एक जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।


विमला पौडेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments