Incident Reports

अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

2019-07-27

Karnali, Humla, Simkot

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–२ का वडा अध्यक्ष ३५ वर्षीय नरबहादुर भण्डारीलाई सोही दिन गिरफ्तार गरेको छ ।

सोही गाउँपालिका–२ का ३२ वर्षीय प्रकाश बोहोरा र कालसिंह बोहोराले रामबहादुर भण्डारीलाई दिनु पर्ने २७ लाख रुपियाँको कपाली तमुसुक बनाएका थिए ।

सो तमसुकको म्याद नाघी जिल्ला अदालत हुम्लामा मुद्दा परेपछि उक्त रकम असुलीका लागि गाउँपालिकाका वडा अध्यक्षको रोहवरमा विगो भराउने सम्बन्धमा वडाध्यक्षले साउन २ गतेदेखि १० दिन भित्र सो रकम पुर्ति गर्ने भनी बोहोराद्वयलाई आफ्नो जिम्मामा लगेका थिए ।

साउन ११ गते सो रकम पुर्ति गर्न नसकेपछि जिल्ला अदालतले ऋणीद्वयको रुपियाँ तिर्ने अवधिका सम्बन्धमा वडा अध्यक्षलाई जानकारी गराएको थियो ।

उक्त रकमका विषयलाई लिएर बेलुकी ९ बजेको समयमा वडा अध्यक्ष्यले मादक पदार्थ सेवन गरी नासु रावतलाई पहिला फोनबाट मार्ने धम्की दिएको र त्यस लगत्तै स्वयम् जिल्ला अदालतको क्वाटरमा गएर रावतलाई हातपात गरेको रावतको आरोप छ ।

घट्ना पश्चात सोही दिन जिल्ला अदालत तथा अदालतका कर्मचारीको शान्ति सुरक्षाको व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालयलाई माग गरिएको श्रेस्तेदार मदनप्रसाद जयसवालले बताए ।


नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports