Incident Reports

आफ्नै बुबालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-07-28

Sudurpashchim, Kailali, Godawari, Ward 5

कैलाली, १३ साउन    

आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।     

निज रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बर बहादुरको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।     

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments